देश राजनीति

नेकपा केन्द्रीय कमिटी बैठक अनिश्चित

काठमाडौं, ३ कात्तिक-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले १५ कात्तिकदेखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक बोलाएको छ । नेकपाले बैठक आयोजना गर्दा अहिले कोभिड-१९ बाट दैनिक दुई हजार मानिस काठमाडौं उपत्यकामा सङ्क्रमित  छन् ।  

गत २६ भदौको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक विवादलाई समाधान गर्दै मन्त्रीमण्डल पुनर्गठन, केन्द्रीय कमिटी बैठक र एकताको महाधिवेशन गर्ने निर्णय पारित गरेको थियो । त्यही निर्णयअनुसार मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिरहेको नेकपा अहिले तेस्रो केन्द्रीय कमिटीको तयारीमा पनि जुट्नुपर्ने अवस्था छ ।

केन्द्रीय कमिटी बैठक हुन अब १२ दिन मात्र बाँकी र छ । उक्त बैठक हुने/नहुने अझै निश्चित छैन । नेकपा केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बैठकको तयारी गरिए पनि यही अवस्थामा बैठक गर्न गाह्रो हुने बताए । ‘नेताहरू स्थायी कमिटीको बैठकको म्याण्डेटअनुसार अघि बढिरहनु भएको छ । त्यहीअनुसार केन्द्रीय कमिटी बैठकको  मिति तोकिएको छ,’ उनले भने, ‘तर अहिले उपत्यकासहित देशभरि नै सङ्क्रमण बढिरहेकाले बैठक राख्न गाहो हुन्छ कि ?’ उनले बैठक सरेको निर्णय नभएकाले आवश्यक तयारी आफूहरुले गरेको बताए ।

Featured