खेलकुद विदेश

आईपीएल : हैदराबादविरुद्ध केकेआर सुपर ओभरमा विजयी

एजेन्सी, २ कात्तिक-यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादविरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर) सुपर ओभरमा विजयी भएको छ । सुपर ओभरमा हैदराबादले दिएको तीन रनको लक्ष्य केकेआरले चार बलमा विनाविकेट भेट्टायो ।  यसअघि केकेआरले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

दुबै टिमले समान रन बनाएपछि खेल सुपर ओभरमा गएपछि ब्याटिङ गर्न आएको हैदराबादले दुई विकेट गुमाएर दुई रन मात्र बनाउन सक्यो । सुपर ओभरमा केकेआरका लकि फर्गुसनले दुई विकेट लिएपछि हैदराबादले दुई रन मात्र बनाउन सक्यो । यसअघि हैदराबादका लागि जोनि बेयरिस्टोले ७६, कप्तान डेविड वार्नरले अविजित ४८, केन विलियम्सनले २९, अब्दुल समदले २३ रन बनाए ।

बलिङमा केकेआरका लकी फर्गुसनले ३, प्याट कमिन्स, शिवम मावि र वरुण चक्रवर्तीले एकरएक विकेट लिए ।यसअघि टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

उसका लागि शुभमन गिलले ३६, कप्तान इयोन मोर्गनले ३४, नितीश राणाले २९, राहुल त्रिपाठीले २३, आन्द्रे रसेलले ९ रन बनाए । त्यस्तै, दिनेश कार्तिकले १४ बलमा अविजित २९ रनको योगदान दिए । बलिङमा हैदराबादका टी नटराजले २, राशिद खान, विजय शंकर र बसिल थम्पीले एकरएक विकेट लिए ।

Featured