देश

डेंगुका कारण डोटीकी एक महिलाको मृत्यु

डोटी, भदौ ६–डेंगु रोगबाट डोटीकी एक महिलाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासी ‘छायाँ’ को मृत्यु भएको हो ।

टाउको दुख्ने, ज्वरो आउने क्रम नरोकिएपछि थप उपचारका लागि उनलाई कैलालीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको र पछि चिकित्सकले डेंगु रोग लागेको बताएको उनका जेठाजु नारद मलासीले बताए ।

जिल्ला बाहिर नगएकी मलासीलाई कसरी डेंगु लाग्यो भन्ने विषयमा जिल्लाका चिकित्सक समेत अचम्मित भएका छन् । मृतक मसालीलाई डेंगु र स्क्रप टाइफस देखिएको मायामेट्रो अस्पतालका डा. विष्णु जोशीले जानकारी दिए ।