देश

यस्तो छ तीन दिनको मौसमी अनुमान, विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना

काठमाडौं, भदौ ६-मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेकाे जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो पूर्वका केही तथा पश्चिम र मध्यका थोरै स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ। त्यस्तै रातिमध्य तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलको अनुसार काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रमा दिउँसो वा बेलुकीपख वर्षा हुने सम्भावना रहेको जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र ६ (शुक्रबार)
दिउँसो : देशको पुर्वी भुभागमा सामान्य बदली साथै मध्य तथा पश्चिमी भुभागमा आंसिक देखि सामान्य बदली रही पूर्वी भूभागका केहि स्थानहरुका साथै पश्चिमका र मध्यका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राति : देशका धेरैजसो स्थानहरुमा सामान्य देखि पुर्ण बदली रही मध्य तथा पुर्वका केहि स्थानहरुका साथै पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य तथा पुर्वी भुभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भाद्र ७  (शनिबार)
दिउँसो : देशभरी सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।देशको मध्य तथा पूर्वी भुभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका पूर्वी तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ।

राति : देशभरी सामान्य देखि पुर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ

भाद्र ८ (आइतबार)
दिउँसो : देशको पश्चिमी भूभागमा सामान्य देखि पुर्ण बदली र मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदलि रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिमी भुभागका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

राति : देशभरी सामान्य बदली रही पश्चिमका केहि स्थानहरुमा र मध्य र पूर्वी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ्रपश्चिमी र मध्य भुभागका एकर दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

Featured