देश

भातमै भ्रष्टाचार, खर्च मात्रै खर्च ८० लाख

काठमाडौं, भदौ ६-गत आर्थिक वर्षमा मात्रै ओखलढुंगाका ६ वटा गाउँपालिकाले खाना खर्चमा मात्रै झन्डै ८० लाख अनाबश्यक खर्च गरेका छन्। खानामा मात्रै त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि समेत मौन रहेका छन्।

कुन तहको खाना खर्च कति?

मानेभन्ज्याङ : २० लाख १४ हजार
खिजीदेम्बा : १९ लाख १९ हजार
सिद्धिचरण : १८ लाख ६९ हजार
चम्पादेवी : ११ लाख ३४ हजार
सुनकोशी : ६ लाख ८१ हजार
चिसंखुगढी : ३ लाख ६७ हजार
जम्मा : ७९ लाख ८५ हजार

खानामा हुने यस्ता फजुल खर्चलाई नियन्त्रण गर्न नागरिक समाजले ओखलढुंगाका ६ वटै गाउँपालिका समक्ष माग गरेका छन्।