देश राजनीति

उत्पादित वस्तु किसानको जीवन धान्न सक्ने हुनुपर्छ : मन्त्री भुसाल

काठमाडौं, २५ असोज-कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सरकारले कोरोनाबाट प्रभावित किसानको हितमा हुने गरी कृषि योजना निर्माण गरिरहेको बताएका छन् । मन्त्रालयले किसानको तथ्याङ्क लिने कार्यक्रम सञ्चालनसँगै आवश्यक कृषि नीति, ऐन, नियमावली बनाउन थालेको जानकारी दिँदै उहाँले यस वर्ष बन्ने योजना किसानको पक्षमा हुने विश्वास दिलाए । 

४० औँ विश्व खाद्य दिवसको अबसरमा कृषि मन्त्रालयअन्तर्गत कृषि विभाग र खाद्यका लागि कृषि अभियानले आज राजधानीमा गरेको संयुक्त समारोहलाई सम्बोधन गर्दै उनले एउटा किसानको जिविकोपार्जन कृषिबाट नभएसम्म कृषिको दिगो विकास हुनै नसक्ने दाबी गरे ।

Featured