देश

विराटनगर आँखा अस्पतालद्धारा १३ वर्षमा ८७ लाखको आँखा उपचार

विराटनगर, भदौ ५–विराटनगर आँखा अस्पतालले स्थापनाको १३ वर्षसम्ममा ८७ लाखको आँखाको उपचार गरेको जनाएको छ । अस्पतालले हालसम्म १७ लाखको आँखाको शल्यक्रिया गरेको जनाएको छ । अस्पतालमा दैनिक १ हजारले उपचार सेवा पाएका छन् भने विभिन्न आँखा तथा काँन सम्बन्धी एडभान्स तालिम पनि संचालन गरिरहेको अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर संजयकुमार सिंहले जानकारी दिए । उनले सन् २०२० सम्ममा १ करोड भन्दा बढीको आँखा परीक्षण गर्ने लक्ष्य रहेको पनि जानकारी दिए ।

सामाजिक विकास मन्त्रालय, नेपाल नेत्रज्योति संघ पूर्बाञ्चल क्षेत्रीय उपचार केन्द्र र विराटनगर आँखा अस्पताल रानीद्वारा संयुक्त रुपमा आज आयोजित कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जिवन घिमिरेले अस्पतालले पुर्याएको योगदानको प्रशंसा गरे ।

्संघका महासचिव श्यामकुमार पोखरेल, मन्त्रालयका सचिव हरिप्रसाद दाहाल, सगरमाथा आँखा अस्पताल लहानका अध्यक्ष रविन्द्रलाल चौधरी, सदस्य पद्मनारायण चौधरी लगायतले अस्पतालमा विराटनगर आँखा अस्पतालले पु¥याएको योगदानको चर्चा गरेका थिए । गोष्ठीमा प्रदेशका स्थानीय निकायका प्रमुख, उपप्रमुख, अस्पतालका चिकित्सकहरु, नेत्रज्योति संघका पदाधिकारीहरुको सहभागीता रहेको छ ।