देश

सकारात्मक उर्जाबाट जस्तोसुकै समस्या समाधान गर्न सकिने

विराटनगर, भदौ ५–शरीरमा सकारात्मक उर्जाबाट जस्तो सुकै समस्या समाधान गर्न सकिने आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा दावी गरिएको छ । सहज योग परिवारले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो शरीरको सकारात्मक उर्जा र पञ्च तत्वकद्धारा सबै समस्याको समाधान गर्न सकिने जानकारी दिइएको हो ।

भारतको स्पिरिच्युचल फाउण्डेशनका डाक्टर इलम सिंह वंसलले पञ्च तत्व अर्थात पृथ्वी, आगो, हावा, पानी र आकाश द्धारा क्यान्सर, ऐनेमीया, साइकोसमोमाटिक रोग, हृदयको समस्या, माइग्रेन , मृगी रोग लागूपदार्थ दूवर्यसन जस्ता समस्या बिना पैसा बिना औषधी निको पार्न सकिने बताए ।

यसका लागि उहाले हामीले एकाकर भएर योगाका विभिन्न अभ्यासहरु गर्नुपर्नेमा जोड दिए । उनले भाद्र ५ गते स्कूल, कलेजहरुमा , भाद्र ६ र ९ गते मारवाडी सेवासदनमा , भाद्र ७ गते रथयात्रा झाँकीमा रियलाइजेशन प्रोग्राम संचालन गरिने जानकारी दिए । अहिलेका मानिस विभिन्न प्रकारका औषधि सेवन गरेर झन् कमजोर र तनावमा रहने गरेको पनि उहने बताए ।

Featured