देश

प्रदेश २ लोक सेवा आयोग अध्यक्षमा डा. सुरेन्द्र प्रसाद यादव

जनकपुर, भदौ ५–प्रदेश २ को लोक सेवा आयोगको अध्यक्षमा डा. सुरेन्द्र प्रसाद यादवको नाम सिफारिस गरिएकोे छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा रहेको सिफारिस समितिले आज डा. यादवलाई अध्यक्षमा सिफारिस गरेको छ । समितिमा सभामुख सरोज कुमार यादव र प्रमुख प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डल सदस्य छन् ।

अध्यक्षमा सिरफारिस भएका डा. यादव सिरहा औरही गाँउपालिका ५ का हुन । २९ वर्ष देखि सिरहा क्याम्पसमा प्रध्यापन पेशामा आवद्व उनी अहिले पनि अंग्रेजी विषयमा प्रध्यापन गर्छन् । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नजिक रहेकाले उनको नामँ सिफारिस गरिएको बताइएको छ ।