देश

प्रधानमन्त्री विदेशमा रहँदा भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडौं, भदौ ५-प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर रहेको बेला पनि मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

सरकारको कार्यसम्पादन नियमावली २०६४ मा संशोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेको बेला भिडियो कन्फरेन्स लगायतका प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था गरिएको हो।

प्रधानमन्त्री ओली बिहीबार मात्र स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन्। स्रोतकाअनुसार ओलीको यो भ्रमणमा दुई साताभन्दा लामो हुनसक्छ। ओली सिंगापुरमा रहँदा मन्त्रिपरिषद् बैठक बस्नसक्ने गरी यो व्यवस्था गरिएको बताइएको छ।