देश

आज सुनचाँदीको भाउ कति छ ? हेर्नुहोस्

काठमाडौं, भदौ ५-आज शुक्रबार सुनको भाउ स्थिर रहेको छ। बुधबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुन आज शुक्रबार पनि स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ।

आज छापावाल सुन प्रतितोला ७१ हजार ३ सयमा कारोबार भइरहेको छ, भने तेजाबी सुन प्रतितोला ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै आज शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। बुधबार प्रतितोला रु ८३० मा कारोबार भएको थियो भने आज शुक्रबार पनि सोही मूल्य ८ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

Featured