Uncategorized

आज १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ असोज-मंगलबार देशभर १ हजार ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ९१ को पीसीआर गर्दा आज १ हजार ५ सय १३ जनामा कोरोना पुष्टि भएको हो । 

योसँगै संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ । जसमध्ये २० हजार ३ सय ९६ जना सक्रिय संक्रमित हुन् । त्यस्तै, गत २४ घण्टामा ७ सय ३१ संक्रमित उपचारपछि निको भएका छन् । योसहित कोरोनामुक्त हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आज १० जना संक्रमितको निधन भएको बताए । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।

Featured