देश

चलचित्र निर्माता गोविन्द शाही पक्राउ

काठमाडौँ, भदौ ५–चलचित्रको वितरणबाट आएको रकम लिएर फरार भएको आरोपमा निर्माता तथा वितरक गोबिन्द शाही पक्राउ परेका छन् । निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले प्रहरीमा उनी बिरुद्ध उजुरी दर्ता गराएपछी शाही पक्राउ परेका हुन् ।

निर्देशक चाम्स र निर्माता खड्काले उजुरी दर्ता गराएको आधारमा महानगरीय अपराध अनुसन्धान महाशाखाले उनलाई नियन्त्रणमा लिइएको हो । उनीमाथी चलचित्रको वितरणबाट आएको करिब एक करोड रुपैयाँ लिएर फरार भएको आरोप छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख एसएसपी सहकुलबहादुर थापा शाहीविरुद्ध बुधबार जिल्ला अदालत, काठमाडौंबाट मुलुकी अपराध सहिता – २०७४ अन्तर्गत आपराधिक विश्वासघात सम्बन्धी कसुरमा दुई दिन म्याद थप भएको छ ।

जिल्ला अदालत, काठमाडौंले उनलाई अनुसन्धानको लागि दुई दिन हिरासतमा राख्न आदेश दिएको छ । हाल उनीमाथी अनुसन्धान थालि सकिएको प्रहरीले जनाएको छ ।

Featured