देश

जुम्लाको विमानस्थल विस्तार गरिने 

जुम्ला, ११ असोज-हिमाली जिल्ला जुम्लाको विमानस्थल विस्तार गरिने भएको छ । चालू आव २०७७/७८ देखि बहुवर्षीय आयोजनाअन्तर्गत विमानस्थल विस्तार गर्न लागिएको हो ।

धावनमार्ग विस्तारका लागि अध्ययन गरिने नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए । त्यसैगरी विमालस्थल विस्तार गर्नका लागि १ करोड बजेट विनियोजना भएको जनाइएको छ ।

विमालस्थल विस्तारका लागि जग्गा अधिकरण कार्यका लागि बजेट विनियोजन भएको कार्यालयले जनाएको छ । चालू आवमा खर्चतर्फ कार्यालय सञ्चालनका लागि २९ लाख ६० हजार बजेट विनियोजना भएकोे छ । रासस

Featured