देश

भान्सेमा कोरोना देखिएपछि प्रधानसेनापति थापा होम क्वारेन्टाइनमा

काठमाडौं, ११ असोज-प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि होम क्वारेन्टाइनमा बसेका छन् । आफ्नो निवासको भान्सामा कार्यरत एक जना सदस्यमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएपछि उनी होम क्वारेन्टाइनमा बसेका हुन् । प्रधानसेनापति थापा स्वास्थ्य सुरक्षा मापदण्डअपनाएर होम क्वारेन्टाइनमा बसेका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

Featured