देश

बुटवल-तानसेन सडकखण्ड ४६ घण्टापछि एकतर्फी खुल्याे

बुटवल, ११ असोज-पहिरोका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्ड ४६ घण्टापछि एकतर्फी खुलेको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी डिल्ली नारायण पाण्डेले सो सडक खण्डमा गएका साना एक दर्जन पहिरो हटाएपछि सडक एकतर्फी खुलेको बताए ।

सडक बन्द हुँदा रोकिएका सवारीसाधन दिउँसो ३ बजेदेखि गन्तव्यमा जान थालेको उनले बताए । पहिरो पन्छाउन डिभिजन सडक कार्यालय बुटवल र पाल्पाका स्क्याभेटर प्रयोग गरिएको थियो । दुईतर्फी सडक सञ्चालन हुन भने अझै एक दिन लाग्ने उनले बताए ।