खेलकुद

वादोरियो टोली कम्बोडिया जाँदै

काठमाडौं, भदौ ५–दोश्रो कामितसुमा ओकुकाई अन्तर्रा्ष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन खेलाडीसमितको टोली बिहीबार कम्बोडिया प्रस्थान गर्दैछ । २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली राति कम्बोडिया जान गर्न लागेको हो ।

प्रतियोगिताको पुरुष ५५ केजीमा पुरुषोत्तम पोखरेल तथा ६७ केजीमा विशाल खड्गीले सहभागिता जनाउने छन् । ‘प्रतियोगिताको तयारी राम्रो छ,’ पोखरेलले भने, अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु पनि ठूलो हो, स्वर्ण पदक हात पार्ने लक्ष्य छ ।’

टोली प्रमुखमा नेपाल कराते महासंघका महासचिव एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसी रहेका छन् । प्रतियोगिता अगष्ट २३ देखि २७ तारिखसम्म हुनेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

Featured