देश

प्रधानमन्त्री ओली उपचारको लागि पुनः सिंगापुर प्रस्थान

काठमाडौं, भदौ ५–प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली आफ्नो स्वास्थ्य परीक्षणका लागि आज पुनः सिङ्गापुर प्रस्थान गरेका छन्।

प्रधानमन्त्री ओलीले बिगत केहि वर्ष देखि सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षण गराउँदै आएका छन्। स्वास्थ्य परीक्षणका निम्ति ओली यो पटक १५ दिन सिंगापुरमा बस्ने भएको छन्। ओलीको सचिवालयले जनाए अनुसार ‘चिकित्सकको सुझाव अनुसार स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिङ्गापुर जानुभएको हो।’

प्रधानमन्त्री ओली यहि भदौ २० स्वदेश फर्किने जनाइएको छ। यस अघि ओली साउन १८ गते स्वास्थ्य परीक्षण लागि भनी सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा आफ्नो उपचार गराई साउन २७ गते स्वदेश फर्किएका थिए।

Featured