देश

चुरेबाट बग्ने खोलाहरुको बहाव आकस्मिक रूपमा बढ्न सक्ने

काठमाडौं, भदौ ५–मौसम पूर्वानुमान महाशाखाले बिहीबार मौसम विश्लेषण गर्दै मनसुनको न्यून चापीय रेखाको पूर्वी भूभाग औसत स्थानको आसपासमा रहेको र पश्चिमी भूभाग औसत स्थानभन्दा केही उत्तरतर्फ रहेको उल्लेख गरेको छ ्र साथै भारतको बिहार र उत्तरप्रदेश आसपासमा एउटा न्यून चापीय प्रणालीअवस्थित छ ।

महाशाखाका अनुसार हाल देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली हुनुका साथै मध्य तथा पूर्वी भूभागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। देशको पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

बिहीबार दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको मध्य तथा पश्चिमी पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही मध्य तथा पूर्वका केही स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

यसैगरी शुक्रबार दिउँसो देशको पूर्वी भूभागमा सामान्य बदली साथै मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । मध्य तथा पूर्वी पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशका धेरैजसो स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही मध्य तथा पूर्वका धेरै स्थानहरुका साथै पश्चिमका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको मध्य तथा पूर्वी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबार दिउँसो देशभरि सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति देशको पश्चिमी तथा मध्य भूभागमा सामान्यदेखि पूर्ण बदलीका साथै पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै महाशाखाले देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना रहेकाले यसबाट हुने दुर्घटनाबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। देशको मध्य तथा पश्चिमी पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । चुरेबाट बग्ने खोलाहरुको बहावमा आकस्मिक वृद्धि हुन सक्ने साथै सडक यातायातमा पहिरो–भू–क्षयका कारण अवरोध आउन सक्ने भएकाले ती भू(भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

Featured