महोतरी, भदौ ५-महोत्तरीको जिल्ला अदालतबाट एक कर्मचारी घुस सहित रङ्गेहात पक्राउ परेका छन्। बुधवार राति जिल्ला अदालत महोत्तरीमा कार्यरत नापी सर्वेक्षक मोहन यादव घुस रकमसहित जलेश्वरस्थित खैरा चोकबाट रङ्गेहात पक्राउ परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले १ लाख ५० हजार रकम घुस सहित यादवलाई रंगेहात पक्राउ गरेको थियो। एक सेवाग्राहीको घर नक्सा अनुसार नभएको भन्दै मुद्दा मिलाई दिन्छु भनि उनले घुस रकम मागेपछि पीडित पक्षले अख्तियारलाई जानकारी गरेका थिए।
रकम बढी भएकोले मुद्दा काठमाडौं पठाउने तयारी भईरहेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस