देश

डेढ लाख घुससहित नापी सर्वेक्षक पक्राउ

बर्दिबास, भदौ ५–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक मोहन यादवलाई डेढ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ। अख्तियारको दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासको टोलीले यादवलाई बुधबार राति जलेश्वर नगरपालिका २, खैराचोक स्थित एक होटलबाट १ लाख ५० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको हो ।

सर्वेक्षक यादवले घर नक्सा अनुसार नभएको भनि विभिन्न बहाना बनाई मुद्दा मिलाई दिन्छु भनि सेवाग्राहीबाट १ लाख ५० हजार घुस लिर्दै गरेको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ । यादवमाथि थप अनुसन्धान भइरहेको आयोगको कार्यालयले जनाएको छ ।