देश

होटलमै मृत अवस्थामा भेटिए महिला र पुरुष

काठमाडौँ, भदौ ४–काठमाडौँको एक होटलमा महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् । काठमाडौंको नयाँ बसपार्क स्थित मोरङ पर्वत गेस्ट हाउसको कोठा नं. १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत अवस्थामा भेटिएका हुन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईंले घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान थालिएको बताए । उनका अनुसार कट्टु मात्र लगाएको अवस्थामा युवतीको शव खातको तलपट्टी र युवकको खाटमाथि भेटिएको हो ।

गएराती ११ बजे होटलमा उनीहरु बसेका बसेका थिए । विहान खान खान बोलाउँदा दिउँसो १ बजेसम्म पनि नस्किएपछि प्रहरी बोलाएर होटलको ढोका खोल्दा नग्न अवस्थामा उनीहरु मृत भेटिएका थिए ।

कोठामा मदिराका बोतलहरु पनि बरामद भएका छन् । घटनास्थल वरिपरि विष वा अन्य कुनै पनि प्रकृतिका औषधि नभेटिएका दुवैको मृत्यु कसरी भयो भन्ने खुल्न नसकेको अनुसन्धान अधिकृत बताउँछन् ।

अहिले घटनास्थलमा फरेन्सिक विज्ञको टोली खटाइएको छ । परिवारलाई खबर गरेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा दुवैको पोष्टमार्टम गरिनेछ ।पुरुष र महिला दुवै विवाहित हुन् । महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् ।