देश

पोखरामा ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

पोखरा, भदौ ४–पोखरामा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । पोखराको जिरो किलोमिटरमा बुधवार दिउँसो लु१ख ७९९० नम्बरको ट्रकको ठक्करबाट साइकल चालक भारतीय नागरिक रफिक खानको मृत्यु भएको हो ।

भारतको मेघापुर घर भई हाल पोखराको सृजना चोकमा बस्दै आएका खानको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका खानको मेट्रोसिटी अस्पतालमा पु¥याए लगत्तै चिकित्सकले मृत घोषित गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले बताए ।

ठक्कर दिने ट्रक चालक बाग्लुङ धम्जा ७ का ३० वर्षीय उजिरबहादुर खत्रीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी शाहले बताए । चालकसहित ट्रकलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।

Featured