देश

बिदेश मन्त्री जयशंकरले दिए सवा तीन अर्बको चेक

काठमाडौं, भदौ ४–भारतीय बिदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणको अवसर पारेर भारतले नेपाललाई ३ अर्ब २६ करोड ६५ लाख रुपैयाँ दिएको छ । भारतले भुकम्पपछिको पुननिर्माणका लागि २ अर्व ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ उपलव्ध गराएको हो ।

भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूतले सो रकम पुर्न्निर्माण प्राधिकरणका सिइओ लाई हस्तान्तरण गरे । नेपाल भारत संयुक्त आयोगको पाचौं बैठकमा सहभागी हुन आएका भारतीय विदेश मन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको उपस्थितिमा सो रकम नेपाललाई हस्तान्तरण गरिएको हो ।

यसैगरी हुलाकी राजमार्ग निर्माणका लागि भारतले यसअघि जनाएको प्रतिवद्धता अनुसार नेपाल सरकारलाई ८० करोड ७० लाख ७७ हजार रुपैयाँ दिएको छ । त्यसैगरी भारत सरकारले भुकम्पपछिको पुर्न्निर्माणका लागि जनाएको प्रतिवद्धता अनुसार महालेखा नियन्त्रकको कार्यालय मार्फत २ अर्व ४५ करोड ८८ लाख ५० हजार रुपैया दिएको छ । दुवै रकम चेकमार्फत उपलव्ध गराइएको हो ।

नेपाल भारत संयुृक्त आयोगको बैठक शुरु हुनुअघि एक कार्यक्रम वीच भारत सरकारले ती रकम नेपाललाई हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रम लगत्तै दुइपक्षीय बैठक शुरु भएको छ ।

Featured