खेलकुद विदेश

उत्कृष्ट पूनरागमन संगै साफ यु–१५ च्याम्पियनसिपमा श्रीलंकाको बिजय सुरुवात

काठमाडौं, भदौ ४-खेलमा शुरुवाती गोल खाएर पनि उत्कृष्ट पूनरागमन गरेको श्रीलंकाले बुधबारदेखि भारतको कल्याणी स्टेडियममा शुरु साफ यु–१५ च्याम्पियनसिपमा बिजयी शुरुवात गरेको छ।

भारतको पश्चिम बंगाल स्थित कल्याणी स्टेडियममा भएको दोस्रो खेलमा श्रीलंकाले भुटानलाई ३–२ ले हरायो। खेल शुरु भएको सातौं मिनटमै भुटानका लागि किन्जाङ तेन्जिङले पहिलो गोल गरे।

त्यस्तै दोस्रो हाफको ४७औं मिनटमा सोनाम छोजाङले भुटानको लागि अग्रता दोब्बर पारे। तर भुटानले त्यो दुई गोलको अग्रतालाई अन्तिम समय सम्म जोगाउन सकेन। खेलमा उत्कृष्ट पूनरागमन गरेको श्रीलंकाका लागि ५२औं मिनटमा थुसमिका जयलतले पहिलो गोल फर्काए।

Featured