देश

एचवी के पब्लिक स्पिकिङ नेशनल कन्भेन्सन सम्पन्न

काठमाडौं, भदौ ४–एचवी के पब्लिक स्पिकिङ नेशनल कन्भेन्सन सम्पन्न भएको छ । काठमाडौको राष्ट्रिय सभागृहमा भएको सो सम्मेलनमा एचवी के पब्लिक स्पिकिङ सेरिजका निर्माता तथा कि–नोट स्पीकर एचवी कटवालले पब्लिक स्पिकिङ कलाबारे प्रवचन दिए ।

कटवालसहितका प्रवचकले व्यक्तिगत विकास, पारिवारिक सफलता, सामाजिक विकास तथा राष्ट्रलाई अन्तर्रा्ष्ट्रिय जगतमा उचाई दिन पब्लिक स्पिकिङ्ग कलाले खेल्ने ब्यवहारिक भूमिकाको बारेमा विशेष तथ्य प्रस्तुत गरेका थिए ।

कटवालले सहभागीलाई फिक्सड् माइण्डसेटको सट्टा ग्रोथ माइण्डसेटले अगाडि बढ्न प्रेरित गर्दै भने, ‘आजको युग आफुले आपफलाई ब्राण्डीङ गर्ने युग हो । आफुभित्र र वाहिरी दुनियाँसँग गर्ने असल संवादकलाको माध्यमद्वारा नै हामीले जिन्दगीलाई अर्थपूर्ण बनाउन सक्छौं ।’

सेमिनारमा आयोजक संस्था नीफका अध्यक्ष तथा सिईओ शशी शर्माले नीफले प्रदान गर्ने एचवी के पब्लिक स्पिकिङ प्रशिक्षण तथा सेमिनार हरेक पृष्ठभूमिका ब्यक्तिका लागि बहु–आयामिक हुने बताए ।

उनले स्थापनाको छोटो अवधिमा नीफले प्रभावकारी पब्लिक स्पिकिङ, ब्यक्तित्व तथा क्षमता विकास र उद्यमशीलता विकासका क्षेत्रमा उचाई हासिल गरेको भन्दै यसले आफुहरुलाई अझ जिम्मेवार बनाएको बताए ।

नेपाल राष्ट्र बैकका पूर्व डेपुटी डाइरेक्टर तथा नीफ पब्लिक स्पिकिङ क्लवका प्रेसिडेन्ट गोविन्द गौतमले पब्लिक स्पिकिङ्ग प्रशिक्षणले आफुमा आएको परिवर्तनका साथै एचवी के पब्लिक स्पिकिङ नेशनल कन्भेन्सनको औचित्यबारे धारणा राखे ।

सेमिनारमा नीफको पब्लिक स्पिकिङ अभियान र बिशेषगरी एचवी के पब्लिक स्पिकिङ नेशनल कन्भेन्सनमा योगदान पुर्याउने एसपी ओम बहादुर राना, मिटिङ पोइन्टका म्यानेजिङ डाइरेक्टर सुरेश सिंखडा, कलाकार बिनोद कुमार भट्टराईलगायतलाई सम्मान गरिएको थियो ।

Featured