देश

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं, भदौ ४–प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकरले भेटवार्ता गरेका छन् । बुधबार काठमाडौं आइपुगेका विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

विदेशमन्त्री जयशंकर बुधबारदेखि सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आएका हुन् । नेपाल बसाईका क्रममा उनले संयुक्त आयोगको बैठकमा भाग लिनुका साथै राजनीतिक भेटवार्ता समेत गर्ने कार्यक्रम रहेको छ ।