अफगानिस्तान, एजेन्सी, भदौ ४-अफगानिस्तानको उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा परी १८ जना तालिबानी विद्रोही मारिनुका साथै १० जना घाइते भएका छन्।
हाजिरीले विद्रोहीलाई समाप्त गर्न स्थल र हवाई दुबै कारबाहीलाई निरन्तरता दिइने जानकारी दिए। उनले अशान्त एस्कामिस जिल्लाका सयौं गाउँलाई विद्रोहीको कब्जाबाट मुक्त गरिएको पनि बताए।
सुरक्षा फौजको उक्त कारबाहीका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन।
प्रतिक्रिया दिनुहोस