काठमाडौं, भदौ ४– डडेल्धुराको परशुराम नगरपालिका–८, जमरानीमा झाडापखालाका बिरामीको संख्या बढ्दै गएको छ । सानखोला र धादलीफाटामा ६५ जनामा झाडापखला देखिएको छ ।
साउन २९ गतेदेखि झाडापखालाको प्रकोप देखिएको परशुराम स्वास्थ्य शाखाका उप(संयोजक हिक्मत धामीले जानकारी दिए । शाखाले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी बिरामीको उपचार गरिरहेको छ ।
६५ जनामध्ये ५ जनालाई जोगबुडा अस्पतालमा रेफर गरिएको बताइएको छ । बिरामीको दिशाको नमूना परीक्षण गर्दा झाडापाखलाकै जिवाणु भेटिएको जिल्ला अस्पताल डडेल्धुराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस