खेलकुद देश

दशरथ रंगशालाको छानोबारे जानकारी लिन सदस्य–सचिव चीन प्रस्थान

काठमाडौं, भदौ ४-राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल मंगलवार चीन प्रस्थान गरेका छन्।

सदस्य–सचिव सिलवालले दशरथ रंगशालाको भिआईपी प्याराफिटको छाना निर्माणका लागि अवाश्यक पर्ने सामान बोलपत्र मार्फत जिम्मेवारी लिएका सम्बन्धित कम्पनीले कस्तो अवस्थामा कार्य गदैछन्, सामानको गुणस्तर मापन र ढुवानी मितिको निश्चिताका लागि चीन जान लागेको बताए।

उनले भिआईपी प्यारापीटमा जडान गरिने सिटको निश्चित गर्ने र उद्घाटन समारोहलाई भब्य र सब्य बताउन कुन खालको प्रविधि अपनाउन सकिन्छ, त्यसको जानकारी लिने पनि भ्रमणको उद्देश्य रहेको बताए।

सदस्य–सचिव सिलवालको भ्रमणका अवसरमा नेपाली खेलकुदको विकास र बिस्तारमा चीनीया खेलकुदका उच्च पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम पनि रहेको छ।

Featured