मनोरंजन विदेश

जेम्स बोण्डको २५ औं सिनेमाको नाम ‘नो टाइम टु डाई’

काठमाडौं, भदौ ४-जेम्स बोण्डले नयाँ मोसन पोस्टर लन्च गर्दै जेम्स बोन्ड फ्रान्चाइजको २५ औं सिनेमाको आधिकारिक नाम सार्वजनिक गरेको छ। उनको २५ औं सिनेमाको आधिकारिक नाम सिनेमाको नाम ‘नो टाइम टु डाई’ रहनेछ ।

यसै सिनेमाबाट ड्यानियल ग्रेग पाँचौपटक जेम्स बोन्डको भूमिकामा देखिनेछन्।

२४ औं फ्रान्चाइज ‘स्काइफल’को बेलामा क्रेगले बरू नाडी काट्छु तर जेम्स बोण्ड बन्दिन भनेका थिए। सिनेमाले ठूलै मेहेनत र कष्ट गराउने भएकाले उनले त्यसो भनेका थिए।

अघिल्लोपटक उनले यस्तो बताएपनि यो श्रृखंला भने उनको अन्तिम बोण्ड सिनेमा हुनेछ। सिनेमाम रामी मलेक मुख्य खलनायक बन्नेछन्।

सिनेमाका निर्देशक केरी जोजी फुकुनागा हुन्। सिनेमा आगामी वर्ष अप्रिल ३ मा रिलिज हुनेछ।

Featured