देश

गौरा पर्वका अवसरमा सुदूरपश्चिममा सार्वजनिक बिदा

काठमाडौं, भदौ ४– सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गौरा पर्व सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा मनाइन्छ । मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामनासमेत व्यक्त गरेको छ ।

Featured