देश

सुनको मुल्यमा वृद्धि

काठमाडौं, भदौ ४-बुधबार सुनको भाउ रु ३०० ले बढेको छ। मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार ७१ हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भएको छ।

यस्तै चाँदी बुधबार तोलामा रु ८३० मा कारोबार भएको महासंघले जनाएको छ। मंगलबार चाँदी रु ८२५ मा कारोबार भएको थियो।