देश

१८ करोड हिनामिना गरेको आरोपमा बैंक म्यानेजर पक्राउ

दाङ, भदौ ४–१८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा दाङबाट एक जना बैंक म्यानेजर पक्राउ परेका छन् ।देवः विकास बैंक शाखा कार्यालय नारायणपुरका बैंक म्यानेजर शमिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ ।

लमहीमा लुकिछिपी बस्दै आएको भन्ने सूचनाको आधारमा प्रहरीले दाङको लमहीबाट मंगलबार राति पक्राउ गरेको हो । दाङको घोराही उपमहानगरपालिका–१५ स्थायी घर भएका बुढाथोकी विरुद्ध जाहेरी परेको २४ घन्टाभित्र उनलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए । पक्राउ परेका बुढोथोकीलाई बुधबार (आजै) उच्च दालत तुलसीपुरको बाणिज्य इजलाश नेपालगंजमा पउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।