विदेश

कश्मीर विवादलाई अन्तराष्ट्रिय अदालत लैजाने पाकिस्तानको योजना

एजेन्सी, भदौ ४–पाकिस्तानले काश्मीर विवादलाई अन्तराष्ट्रिय अदालतमा लैजाने बताएको छ । भारत प्रशासित जम्मू काश्मीरलाई प्राप्त विशेष राज्यको दर्जा खोस्ने भारत सरकारको निर्णयविरुद्ध पाकिस्तानले अन्तराष्ट्रिय अदालत गुहार्न लागेको हो ।

भारतको हस्तक्षेप विरुद्ध पाकिस्तानले भारतसँग व्यापारिक तथा यातायात सम्बन्ध भंग गर्दै भारतीय दूतलाई फिर्ता पठाइदिइएको थियो । सन् १९४७ मा भारत र पाकिस्तान विभाजित भएपछि काश्मीरको स्वामित्वको विषयमा दुई देशबीच तनाव रहँदै आएको छ ।
पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेशीले भने, ‘हामीले काश्मीरको मुद्दा अन्तर्रा्ष्ट्रिय अदालतमा लैजाने निर्णय गरेका छौँ ।’ उनले सबै कानुनी पक्षबारे बिचार गरेर सो निर्णय लिइएको बताएका छन् ।

मुस्लिमबहुल काश्मीरमा भारत सरकारले मानवाधिकार उल्लंघन गरेको भन्दै सो मुद्दा त्यसकै सेरोफेरोमा हुने कुरेशीले बताए । भारतले भने काश्मीरमा मानवाधिकार उल्लंघन भएको कुरा अस्वीकार गर्दै आएको छ ।

Featured