खेलकुद देश

एभिसी सेन्ट्रल जोन पुरुष भलिबल अन्तर्गत आज नेपालले सेमिफाइनल पुग्न माल्दिभ्सलाई हराउनै पर्ने

काठमाडौं, भदौ ४-एभिसी सेन्ट्रल जोन पुरुष भलिबल अन्तर्गत आज हुने समूहको अन्तिम खेलमा नेपालले सेमिफाइनल पुग्न माल्दिभ्सलाई हराउनै पर्ने भएको छ।

समुह ए को पहिलो खेलमा नेपाल र माल्दिभ्स किर्गिस्तानसँग पराजित भएका भएपछि दुबै टोलीलाई अन्तिम ४ मा पुग्न आज जित्नै अवस्था बनेको हो। ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा नेपाल र माल्दिभ्सबीचको खेल बेलुका पाँच बजे सुरु हुनेछ।

सोमबार नेपाललाई सोझो सेटमा पराजित गरेको किर्गिस्तानले मंगलबार माल्दिभ्स टोलीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाइसकेको छ।
यस्तै बुधबारनै हुने अन्य खेलमा उज्वेकिस्तान र अफगानिस्तान तथा तुर्केमेनिस्तान र बंगलादेश भिड्नेछन्।

एभिसी सेन्ट्रल जोन भलिबल नेपाली भलिबलको इतिहासमा आयोजना गरिएको आजसम्मकै ठूलो प्रतियोगिता हो।