मनोरंजन विदेश

फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्पलोइज (एफडब्ल्यूआईसीई) ले सलमान खानलाई मिका सिंहसँग काम गरे प्रतिबन्ध लगाउने चेतावनी

काठमाडौं, एजेन्सी, भदौ ४-बलिउडका भाइजान तथा चुलबुल पाण्डेको रुपमा परिचित अभिनेता सलमान खानलाई फेडरेशन अफ वेस्टर्न इन्डिया सिने इम्पलोइज (एफडब्ल्यूआईसीई) ले यदि मिका सिंहसँग काम गरे प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ।

मिका सिंहमाथि पाकिस्तानमा गएर प्रस्तुती दिएको विरोधमा अल इन्डिया सिने वर्कर्स असोसिएशन (एआईसीडब्ल्यूए) र एफडब्ल्यूआईसीईले प्रतिबन्ध लगाउँदै अब उनीसँग कसैले पनि काम गर्न नपाउने बताएको थियो। तर मिड डेको एक रिपोर्ट अनुसार आगामी २८ अगस्टमा अमेरिकाको ह्यूस्टनमा कन्सर्ट हुँदैन। सलमान खानको उक्त कार्यक्रममा मिका सिंहले पनि प्रस्तुती दिने रिपोर्ट सार्वजनिक भएको छ। यदि यस्तो भएको खण्डमा संस्थाले दुबैमाथि प्रतिबन्ध लगाउने बताएको छ।

यसबारे संस्थाको तर्फबाट जारी बयानमा मिकासँग यदि कसैले काम गर्छ भने जतिसुकै ठूलो स्टार किन नहोस् उनीहरुमाथि पनि प्रतिबन्ध लगाइने बताइएको छ।

जानकारीका अनुसार मिका सिंह र यी दुई संस्थाले बुधबार एक संयुक्त पत्रकार सम्मेलन आयोजना गर्नेछन्। यसमा मिकाले देशसँग माफीसमेत माग्ने बताइएको छ। त्यसपछि मात्र उनीमाथि लागेको प्रतिबन्ध हटाइने बताइएको छ। तर यदि उनले माफी माग्न अस्विकार गर्छन् भने उनीमाथिको प्रतिबन्ध जारी रहने छ।

Featured