देश

नेपाली जहाज अब काठमाडौँबाट सोझै जापान

काठमाडौँ, भदौ ३–नेपाल वायुसेवा निगमले भदौ १२ (अगष्ट २९) मा जापानको ओसाका लागि उडान भर्ने भएको छ । निगमले सातामा तीन पटक उडान भर्ने गरी नयाँ रुट तय गरेको हो । उडानको सबै प्रक्रिया पूरा भइसकेको तथा अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ । एअरबसको २७४ सिट क्षमता छ।

सुरुको एक महिना यात्रुको संख्यामा केही कमी आएपनि अक्टोबरदेखि भने वृद्धि हुने निगमको विश्वास छ। यो उडानको निरन्तरताले नेपाल एयरलाइन्सको विश्वसनीयता बढ्ने अपेक्षा गरिएको छ । यसअघि असार १९ गतेलाई तय गरेको निगमको काठमाडौं–ओसा दुईतर्फी उडान यात्रु अभावका कारण घाटा भएको भन्दै रद्द गरिएको थियो । अब भने घाटा–नाफा जे भएपनि उडान नरोकिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक मदन खरेलले जानकारी दिए ।

एक वर्षको अवधिमा जहाजलाई पूर्णरुपमा सञ्चालन गरेर भ्रमण वर्ष २०२० मा करिब ४५ हजार जापानी पर्यटक ल्याउने र भ्रमण वर्षलाई सहयोग पुर्याउने उनले बताए । निगमले जापानको अर्को सहर नारितमा पनि नियमित उडान अनुमति मागेको छ। यो विमानस्थलमा हुने नियमति उडानपछि जापानिज पर्यटकको संख्या बढ्ने खरेलको अनुमान छ ।