NRNA खबर देश

कल्पनाले गरिन् मन्दिरलाई आर्थिक सहयोग

चितवन, भदौ ३–भरतपुर घर भई हाल वेलायत वस्दै आएकी कल्पना खरेल त्रिपाठीले राप्तीको एक मन्दिरलाई १ लाख २० हजार रुपैया सहयोग गरेका छिन् ।राप्ती माईत भएकी त्रिपाठीले सोही नगरपालिकाको वडा नम्वर ४ स्थित मुकुन्देश्वर महादेव मन्दिरलाई सो सहयोग गरेकी हुन् । विश्व हिन्दु महासंघ राप्ती नगर समितिले मंगलवार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमका अवसरमा त्रिपाठीले मन्दिरको विकासका लागि सो सहयोग हस्तान्तरण वताईन् ।

राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सहयोगीदाता त्रिपाठीलाई सम्मान समेत गरियो । कार्यक्रममा हालै इलाका प्रहरी कार्यालय भण्डारा सरुवा भई आएका प्रहरी निरीक्षक शुशिल पाण्डेलाई विश्व हिन्दु महासंघले स्वागत पनि गरेको थियो । सोही अवसरमा राप्ती १ का लागि विश्व हिन्दु महासंघ महिला समिति गठन गरिएको थियो ।

कमला श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय महिला समिति गठन गरिएको विश्व हिन्दु महासंघ प्रदेश ३ महिला विभाग प्रमुख अनिता खरेलले जानकारी दिईन् । विश्व हिन्दु महासंघ राप्ती नगर समितिका अध्यक्ष हेमलाल डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती २ का वडाध्यक्ष श्यामसुन्दर उप्रेती,विश्व हिन्दु महासंघ महिला विभागकी केन्द्रिय प्रमुख शुशिला उप्रेती, महासंघका जिल्ला अध्यक्ष प्रेम गैरे,महिला विभाग प्रदेश प्रमुख अनिता खरेल लगायतले मन्तव्य राखेका थिए ।