देश

प्रहरी नायब निरीक्षकलाई गोली प्रहार गर्ने पक्राउ

रौतहट, भदौ ३–मंगलबार प्रहरी नायब निरीक्षकलाई गोली हानी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरिएको छ । रौतहट प्रहरीले सर्लाहीका प्रहरी नायब निरीक्षक नानि लवजंग चौहानलाई गोली हानी घाइते बनाएई फारार रहेको रौटहटको गरुडा नगरपालिका २ निवासी ४२ वर्षीय राम एकबाल सहनीलाइ पक्राउ गरेको हो ।

तत्कालीन भूमिगत तराई मुक्ती मोर्चाका कार्यकर्ता रहेका सहनीले २०६७ मंसिर १७ गते बेलुकी ईलाका प्रहरी कार्यालय हर्कटवामा कार्यरत प्रहरी नायब निरीक्षक चौहानलाई गोली हानी घाइते बनाएका थिए ।

प्रहरीलाई गोली हानी घाईते बनाइ फरार रहेका उनलाई गरुडाको झाझ पुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल पक्राउ परेका सहनीलाई कारवाहीको लागि अघी बढाई थप अनुसन्धान भईरहेको छ ।

Featured