देश

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राखिने

चितवन, भदौ ३–पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्की्बिरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत चितवनले ५ दिन म्याद थप गरेको छ ।

बिहीबार पक्राउ परेका तीनैजना माथिको अनुसन्धान नसकिएका कारण थप १० दिन थुनामा राख्न अनुमति माग्दै चितवन प्रहरीले उनीहरुलाई जिल्ला अदालत पेस गरेको थियो ।

जिल्ला अदालतमा रबि लामिछानेको तर्फबाट पूर्व महान्यायाधिवक्ता तथा बरिष्ठ अधिवक्ता सुशिल पन्त र नेपाल वारका पूर्व महासचिव अधिवक्ता सुनिल कुमार पोखरेलले रबिलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहन नपर्ने भन्दै बहस गरेका थिए । सरकारी वकिलले रबिलाई थुनामा राख्न अनुमति दिनुपर्ने पक्षमा वकालत गरेका थिए ।

तर अदालतले भने रबिसहित तीन जनालाई नै हिरासतमा राखेर अनुसनधान गर्न प्रहरीलाई थप ५ दिन अनसमति दिएको हो । यसअघि अनुसन्धानको लागि सातदिनको म्याद मागेको प्रहरीलाई अदालते पाँचदिन प्रहरी थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

Featured