जनकपुर, भदौ ३–जनकपुरधाम उपमहानगरपालिकाकी सदस्य सुनिता राउतले दलित सदस्यमा निर्वा्चित भएर पछुतो लागिरहेको बताएकी छन् । कार्यपालिका सदस्य भए पनि कुनै काम गर्न नपाउँदा निर्वा्चित भएकोमा पछुतो लागिरहेको उनले बताइन् ।
‘कार्यपालिका सदस्य भए पनि मलाई कुनै खोजखबर नगरी कार्यपालिकामा निर्णय हुने गरेका छन्,’ राउतले भनिन्, ‘दुई वर्षको अवधिमा कार्यपालिका सदस्य भएर जनताको चाहना र भावनाअनुसारको कुनै पनि काम गर्न नसकेकोमा लाई पछुतो भइरहेको छ ।’
राजपा नेपालबाट जनकपुरधाम उपमहानगरपालिका ३ बाट वडा सदस्यको रुपमा निवार्चित कार्यपालिकाका बैठकमा आफूले उठाएका कुरालाई मेयर, उपमेयर, वडाअध्यक्ष कसैले पनि गम्भीर रूपमा नलिने बताइन् । ‘विकास निर्माणदेखि अन्य गतिविधिमा पनि दलित सदस्यलाई बेवास्ता गरिन्छ,’ उनले भनिन् ।
विकास निर्माणदेखि सामाजिक र सांस्कृतिक रुपमा समेत दलित सदस्यहरुलाई पछाडि पारिँदै आएकोमा गुनासो गर्दै उनले सम्मानजनक व्यवहार हुनुपर्ने उनको माग गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस