देश

नक्कली परिक्षार्थी पक्राउ

विराटनगर, भदौ ३–मोरङको रंगेली नगरपालिकामा एक नक्कली परिक्षार्थी पक्राउ परेका छन् । इसईईको पुरक परिक्षा अन्तर्गत मंगलबार भइरहेको अनिवार्य गणित विषयको परिक्षामा अरुकै परिक्षा दिइरहेका सुनवर्षी नगरपालिका–८ का २१ वर्षिय मुन्ना मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

मण्डलले सिम्बलनम्बर०८१३४३६(z) भएका विद्यार्थी कुमोदप्रसाद गनगाईको अनिबार्य गणित बिषयको परिक्षा दिइरहेको फेला पारेपछी प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेका मण्डल ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेका छन् ।

Featured