देश

ज्योतिषीलाई पनि लाइसेन्सको व्यवस्था गर्नुपर्ने सांसदको माग

काठमाडौं, भदौ ३-मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद विमला विश्वकर्माले महिनामा २/३ लाख रुपैयाँसम्म कमाउने ज्योतिषीलाई पनि लाइसेन्स दिएर कानुनी दायरामा ल्याउ माग गरेकी छन्। ‘अरु विषय पढेकाले लाइसेन्स लिएर मात्र व्यवसाय गर्न पाउँछन्।

तर ज्योतिषीले लाइसेन्स वा अधिकार पत्रबेगर काम गरिरहेका छन्’ उनले भनिन् ‘अहिले यो पेशा गर्नेहरु महिनामा २/३ लाख रुपैयाँ कमाइरहेका छन्। तर उनीहरुको निगरानी कुनै नियकाले गरेको छैन।’

त्यसै कारण ज्योतिषी पेशामा थुप्रै बेथिती देखिएको भन्दै उनले निश्चित योग्यता पुगेका ज्योतिषीलाई मात्र लाइसेन्स दिनुपर्ने बताइन्। ‘निश्चित योग्यता पुगेकालाई लाइसेन्स दिने व्यवस्था गर्नुपर्छ, यसले करोडौं राजस्व उठ्छ र पेशा पनि व्यवस्थित हुन्छ । यो काम तत्काल गर्नुपर्छ।’

Featured