विदेश सूचना/ प्रबिधि

भारतले पठाएको चन्द्रयान–२ चन्द्रमाको कक्षमा

एजेन्सी, भदौ ३–भारतले चन्द्रमामा पठाएको चन्द्रयान-२ मंगलबार बिहान ९स्१७ बजे चन्द्रमाको कक्षमा पुगेको समाचार भारतीय अनलाइन दैनिक भास्करले छापेको छ । यानलाई कक्षमा राम्ररी स्थापित हुन करिब आधा घण्टा लाग्यो ।

२३ दिन पृथ्वी परिक्रमा गरेर चन्द्रमाको कक्षमा पुग्न छ दिन लागेके उल्लेख गरिएको छ । चन्द्रमाको कक्षमा यानले यानले १३ दिन परिक्रमा गर्ने छ । ७ सेप्टेम्बरपछि चन्द्रमाको सतहमा पूर्व्निर्धा्रित स्थानमा अवतरण गर्ने छ । चन्द्रयान(२ मिसन २२ जुलाईमा लन्च गरिएको थियो ।

३ हजार ८५० किलोको चन्द्रयान(२ देशकै सबैभन्दा शक्तिशाली रकेट जीएसएलवी(एमके(३(एम १ ले सोमबार भारतीय समयअनुसार अपराह्न २स्४३ बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट सफल प्रक्षेपण गरेको थियो । चन्द्रयान(२ ले करिब ३ लाख ८४ हजार किमि यात्रा गरेर चन्द्रमाको सतहमा पुग्ने अनुमान गरिएको छ ।

Featured