देश

गोदावरी स्थित कुरकुरे चिप्स कारखानामा आगलागी

ललितपुर, भदौ ३-ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १३ झरुवारासीमा रहेको गुराया फुड्स पोडक्स प्रा.लि मा भीषण आगलागी भएको छ।

गुराया फुड्स पोडक्स प्रा.लि. मा मध्यान्ह ११:२० मा आगलागी सुरु भएको प्रालिका एकाउन्टेन इसु झाले बताए। झाले आगलागीबाट कारखानाबाट उत्पादित सम्पूर्ण सामान जलेर नष्ट भएको समेत जनाएको छ।

आगो निभाउन त्यस तर्फ दमकल गएता पनि आगलागी चारैतिर फैलिएको कारण आगोलाई नियन्त्रणमा लिन सकिएको छैन।