देश

लामिछाने सहित तीनै जनालाई अदालत पेश गरिँदै

काठमाडौँ भदौ ३–पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रबी लामिछाने सहित तीनै जनालाई मंगलबार म्याद थपका लागि अदालत पेश गरिने भएको छ ।

पत्रकार पुडासैनीको आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका लामिछाने सहित युवराज कँडेल र रुकु भनेर चिनिने अस्मिता कार्कीलाई म्याद थपको लागि जिल्ला अदालत चितवनमा पेश गरिने भएको हो ।

यस अघी पनी जिल्ला अदालतले लामिछाने सहित तीनै जनलाई पाँच दिनको म्याद थप गरेको थियो । सो पाँच दिनको म्याद सोमबार सकिएपनी अनुसन्धान नसकिएकोले फेरी आज म्याद थपको लागि तीनै जनालाई अदालत पेश गर्न लागिएको हो ।

प्रहरीले पक्राउ गरेका लामिछाने, कँडेल र कार्कीको तीनै जनाको प्रारम्भिक बयान लिइ सकिएको तर उनीहरुले दिएको बयानबारे अनुसन्धान भईरहेकोले अहिल्यै नै केहि बोल्न नमिल्ने चितवनका एसपी दानबहादुर मल्ल बताउँछन् ।

Featured