देश

सिंहदरबारभित्रै राष्ट्रिय योजना आयोगका कर्मचारी मृत फेला

काठमाडौं, भदौ ३-राष्ट्रिय योजना आयोगका एक कर्मचारी सिंहदरबारभित्रै मृत अवस्थामा फेला परेका छन्। आयोगका सुब्बा बच्चु केसी कार्यालयमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनको मृत्युको कारणबारे नखुले पनि प्रहरी घटनास्थलमा पुगेको छ।

केसी मृत भेटिएको ठाउँमा सेल्फोस ट्याब्लेट र केराको बोक्रा भेटिएको छ। आयोगका कर्माचार्यले ११ बजे उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।