देश

पत्रकार पुडासैनीको भिडियोमा उनकै आवाज

चितवन,भदौ ३–टेलिभिजन पत्रकार शालिकराम पुडासैनीको आत्महत्याअघि सार्वजनिक भएको भिडियोले देशको माहोल नै ततायो । भिडियोमा भएको विभिन्न फरक–फरक दृश्य र आवजले वास्तविकता के हो भन्ने कुराले धरैलाई खुल्दुली बनायो ।

भिडियोमा केहीबेरअघि नदेखिएको सिरानी केहीबेरपछिको भिडियोमा देखिनु र किन ? भन्ने शब्द सुनिनुले शालिकरामको आत्महत्या नभई हत्या भएको भन्ने धरैले अडकलबाजी गरेका छन् ।

भिडियो हेरेपछि अरु नै कसैले जबरजस्ती भिडियो खिच्न लगाएर उनको हत्या गरिएको भन्ने अनुमान कतिपय मानिसहरुले लगाइरहँदा वास्तविकताबारे अनुसन्धान भने भइरहेको छ । अनुसन्धान कै क्रममा भिडियोमा भएको आवाज भने शालिकराम पुडासैनी कै भएको