देश

लागूऔषधसहित दुई पक्राउ

पोखरा, भदौ २–पोखरामा लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १७ का २१ वर्षीय सुनिल पौडेल र १७ वर्षीय निश्चल पराजुुली रहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार उनीहरुलाई पोखराको पृथ्वीचोकस्थित बसपार्कबाट पक्राउ गरिएको हो । प्रहरीले पौडेलको साथबाट २७ पिस नाईट्रोभेट (नाइट्रीजेपाम) ट्याबलेट फेला पारेको छ ।

त्यसैगरी पराजुलीको साथबाट डाइजेपाम, फेनारगन र नुरफिन गरी ३६ थान लागूऔषध बरामद गरिएको छ । उनीहरुलाई पृथ्वीचोकमा हिँडिरहेका अवस्थामा संकालागेर जाँच गर्दा लागुऔषध फेला परेको प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले जानकारी दिए ।